कास्की प्रशासनले भूकम्प पीडितको नाममा राहत संकलन गरे कारवाही गर्ने
प्रधानमन्त्री राहत कोषमार्फत सहयोग गर्न आग्रह
पाेखरा | कात्तिक २३, २०८०
पोखरा: भूकम्प प्रभावितको नाममा व्यक्ति तथा संस्थाले राहत संकलन गरे जिल्ला प्रशासन कार्यालय कास्कीले कारवाही गर्ने भएको छ ।
प्रशासन कास्कीले आज (बिहीबार) विज्ञप्ती जारी गर्दै कुनै पनि संघ वा व्यक्तिले नगद तथा अन्य सामग्री संकलन गरेमा कारवाही गर्ने भएको हो । । प्रशासनले जारी गरेको विज्ञप्ती अनुसार भूकम्प प्रभावितहरुलाई सहयो गर्न चाहेमा प्रधानमन्त्री राहत कोषमार्फत सहयोग गर्न समेत अनुरोध गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘भूकम्पको यस दुखद् घडीमा भूकम्प प्रभावितहरुलाई सहयोग गर्ने, राहत वितरण गर्ने नाममा कास्की जिल्लामा व्यत्तिगत वा संस्थागत रुपमा कोही सकैले पनि नगदरवस्तुगतर जिन्सी साम्री संकलन नगर्न नगराउनुहुन अनुरोध छ । यस सूचनाको अवज्ञा हुने गरी कुनैपनि गतिविधिहरु गरे गराइएको पाइएमा कानून बमोजिम कारबाही हुने व्यहोरा समेत सुचित गरिन्छ ।’

काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ । मतपत्र जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा छपाइको काम भइरहेक...
लेखनाथ उद्योग वाणिज्य संघले व्यवसायीहरुका लागि आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम आईतबार सम्पन्न गरेको छ । तालिमको शुभारम्भ गर्दै संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले तालिममार्...
पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा मंगलबारदेखि प्रिक्वाटरफाइनलका खेल हुने भएको छ । बुद्धटोल युवा क्लबको आय...

